काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लक डाउनको ४६ औं दिन पुगेको छ ।
गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनको ४६ औं दिनमा आइपुग्दा अत्यावश्यक सेवाका पसलहरु खुलेका छन् । सरकारले पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेपछि केही भिडभाड बढेको छ । उपत्यकामा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसँगै नीजि पासबाहक सवारी पनि सञ्चालनमा आएका छन् ।
मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरु अझै बन्द रहेपनि विभिन्न क्षेत्रमा रहेका तरकारी पसल, औषधि पसल र खाद्यान्नका पसलहरु खुलेका छन् । तरकारी तथा फलकुल किन्नेहरुको पसलमा भिड देखिन्छ ।
हेरौ तस्बिरहरु







तस्बिर: सविन धमाला








