काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार नेपालगञ्जमा थप एक जना कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।