२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न सकेन : नेता महतो



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकार मानवता विरुद्धको अपराधमा केन्द्रीत भएको आरोप लगाउनुभएको छ । 

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल महतोले कोरोना संक्रमणबाट नेपालीको रक्षा गर्नुको सट्टा सरकार मानवता विरुद्धको अपरामा लागेको आरोप लगाउनुभयो । महामारीका समयमा जनताको जीवनरक्षाका लागि सारा उर्जा लगाउनुपर्नेमा सरकार पद बचाउनका लागि रातरात अध्यादेश ल्याउन र दल विभाजनका तर्फ लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जनताको जीवनरक्षा कता हो कता, जनताले राहत र उपचार पाउनु त कता हो कता यहाँ त मावता विरुद्धको अपराध गर्न सरकार लागेको छ । पद पाउन र पद बचाउनका लागि अध्यादेश रातरात अध्यादेश ल्याइरहेको छ । पार्टी विभाजनका लागि लागेको छ । यो महामारीको बेलामा जनता जोगाउनुपर्ने सारा उर्जा त्यसमा लगाउनुपर्नेमा सरकार के गरिरहेको छ । के हो यो ?’’

महामारीबाट पीडित जनताले उपचार र खाना नभएको उल्लेख गर्दै महतोले सरकार लोकतन्त्रलाई कमजोर पार्न र सांसद अपहरणको धन्दामा लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘रातरात ल्याइएको अध्यादेशले पार्टीलाई बलिायो बनाउँछ ? लोकतन्त्रलाई बलिायो बनाउँछ ? जनता महामारीबाट पीडित छन् । खाना पाएको छैन । उपचार पाएको छैन् । स्वास्थकर्मीले सुरक्षा उपकरण पाएका छैनन् । यहाँ त अर्कै धन्दा भइरहेको छ । सरकार अर्को धन्दामा लागेको छ । पार्टी फोड्ने, सांसद चोर्ने यो धन्दाले जनताको पीडा कम हुन्छ ? सांसद अपहरण गर्ने डराउने ?’’

जनताले आफ्नो जीनको रक्षा गर्न र समस्याबाट राहत पाउनका लागि दुई तिहाइ दिएपनि सरकारले नबुझेको उहाँले बताउनुभयो । नेता महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम समेत गर्न नसकेको उहाँको भनाई छ । उहाले भन्नुभयो, ‘‘दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न सकेको छैन् । जनता पीडामा रहेको बेला काम नगरेपछि के भन्ने ?’’

सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न नसकेको पनि उहाँले बताउनुभएको छ । एक सयजना संक्रमित छन् भनेर सरकार ढुक्कसँग भनिरहेको भन्दै उहाँले ‘सरकारले कोरोना सय नाघेको छैन भन्दैछ । कति जाँच गर्यौ र अनि कोरोना छैन’, भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘‘जाँच नगर्ने, कछुवाको गतिमा कोरोनाको टेष्ट गर्ने ? व्यापक रुपमा परीक्षण हुनुपर्याे । हामी सांसदले हिजो परीक्षण गर्यो । कुनै सांसदमा निस्केन रे । जनताको चाँडै नगर्ने त्यो हामी निर्वाचन क्षेत्रमा जाँदा कोरोना बाँड्ने ? जाँच त हुनुपर्यो नी सरकारले गर्नुपर्ने काम गरिरहेको छैन्’’, उहाँले भन्नुभयो ।