२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ७ जना कोरोना संक्रमित भेटिए, संक्रमितको सङख्या १ सय ९ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप ७ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशि अस्पतालमा बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ पुष्टि भएको सङख्या ७ रहेको जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको सङख्या १ सय ९ पुगेको छ ।


मन्त्रालयका अनुसार संक्रमित मध्ये ४ जना पुरुष र ३ जना महिला हुन् । उदयपुर झुल्के निवासी १८, ४५ र ६५ वर्षका तीन जना महिला र कपिलवस्तु निवासी १७ १८ र १८ वर्षका पुरुषहरु साथै पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष गरी जम्मा ७ जनामा संक्रमित भेटिएका हुन् । 

अहिलेसम्म भेटिएका संक्रमित १ सय ९ मध्ये जसमध्ये ७८ जना पुरुष हुन् भने ३१ जना महिला छन् । तीमध्ये केही नावालक पनि छन् ।