२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती समेत अलपत्र !



अ+ अ-

कञ्चनपुर । भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पुर्याएर छाडिएको जनाइएको छ ।

सीमानाकामा प्रवेश पाउने आशामा ती मजदुर महाकाली नगरपालिकाको बाबाथान आउन थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले लखेटेर खटिमा पुर्याएको थिए  । 

सो स्थानमा अलपत्र परेका ती मजदुरलाई भारतीय कँग्रेस आइका उत्तराखण्ड प्रदेशका सचिव भुवन कापरीले खानाको व्यवस्था मिलाएका थिए । शनिबार राति बसमा राखेर  मजदुरलाई पुनः रुद्रपुर पु¥याइएको छ । रातभरि खुला आकाशमुनि बस्नुपरेको  मजदुरले जनाएका छन् ।  ती मजदुरमा अधिकांश कञ्चनपुर, कैलाली र डडेल्धुराका बासिन्दा रहेका छन् ।  उनीहरुले आफूहरुलाई खानाको समस्या परेकाले उद्धार गरिदिन आग्रह गरेका छन् । अलपत्र परेका मजदुरमा यहाँको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किशोर टमाटाकी गर्भवती श्रीमती कविता समेत रहनुभएको छ । कैयौँ दिनदेखि भोकभोकै बस्नुपरेको छ, उहाँले भन्नुभयो, “श्रीमतीको सुत्केरी हुने दिन नजिकिँदै गर्दा निकै समस्यामा परेका छौ । मर्नु न बाँच्नुको अवस्थमा पुगेका छौँ ।”

 प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतीय समकक्षीसँग नेपाली मजदुर अलपत्र परेका बारे समन्वयको काम भइरहेको जानकारी दिनुभयो । पहिले बसेकै क्वारेन्टाइनमा फर्काउनका लागि पहल भइरहेको जानकारी पाएको छु उहाँले भन्नुभयो, “दुवै देशको समझदारीमा सीमा प्रवेश दिने कुरा हो । भारतीय पक्षको नेपाली मजदुरलाई लगि दिएहुन्थ्यो भन्ने मनसाय रहेको पाएको छु ।”

“दुवै देशका नागरिक जुन ठाउँमा छन् । त्यसै ठाउँमा बस्न दिने भन्ने समझदारी भएको छ । भारतले क्वारेन्टाइनबाट नेपालीलाई निकाल्नु हुँदैन । हामीकहाँ समेत भारतीय नागरिक क्वारेन्टाइनमा बस्दै आएका छन् । यसबारे भारतीय पक्षसँग कुराकानी भइरहेको छ । के भएको रहेछ बुझने प्रयासमा छौँ”, प्रजिअ खतिवडाले भन्नुभयो ।
 
यहाँ रहेका भारतीयको विवरण भारतीय पक्षले मागेको हुँदा विवरण तयार गरी उनीहरुलाई दिइने उहाँले बताउनुभयो ।