२९ भाद्र २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतक भएको बताउनुभएको… आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई करोडको पुल टिकेन ६ महिना



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्मित  शिख– स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना  नपुग्दै जीर्ण भएको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई  करोड १० लाखको लागतमा स्वच्छन्द गौचन जेभीमार्फत गत मंसिरमा सो पुल निर्माण गरेको थियो ।

एकतीस मिटर लम्बाइको सो पुलको बीच भागमा दुई भ्वाङ परेको स्थानीय पत्रकार सेते तिलिजाले जानकारी दिनुभयो । कमसल निर्माण सामग्री प्रयोगका कारण पुलको अवस्था जीर्ण बनेको र ठेकेदारले लापरबाही गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

 ठेकेदार कम्पनी स्वच्छन्द गौचन जेभीका प्रतिनिधि ओभरसियर सुनम बरालले पुल निर्माणको अवधि चैत मसान्तसम्म रहेकामा कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले चैत ११ गतेदेखि  लकडाउन गरेका कारण काम स्थगन गरिएको बताउनुभयो । उहाँले पुलको संरचनामा कुनै क्षति नपुगेको तर वर्षाका कारण पुल वरपरको भाग अलिकति भासिएको प्रतिक्रिया दिनुभयो ।

स्थानीयवासीले भने पुलमा नै  दुई भ्वाङ परेको र जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।  जिल्ला पूर्वाधार विकास समितिका प्रमुख ओमलाल ढुंगानाले ठेकेदार कम्पनीका प्रतिनिधि र कामदारले काम गरिरहेका अवस्थामा लकडाउन भएका कारण गत चैत १७ गते पास दिएर घर पठाइएको र बाँकी काम लकडाउन खुलेपछि गरिने बताउनुभयो ।