२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ



अ+ अ-

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिका–९ शङ्करपुरकी १९ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । शङ्करपुरकी युवती लक्ष्मी देउवाको फेसबुक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालीका–७ का २३ वर्षीय सन्तराम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

शनिबार युवती देउवाले धनगढी उपमहानगरपालीका–६ जालीस्थित सुकुटी नालामा घाँटीमा पासो लगाई आत्महत्या गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले घटनामा संलग्न चौधरीलाई उक्त अश्लील भिडियो, फोटो र फेसबुक आइडी लगइन अवस्थामा मोबाइलमा फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।