२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहानमा घांटी काटेर एक पुरुषको हत्या



अ+ अ-

सिरहा । सिरहाको लहान नगरपालिका– १७ मा एक पुरूषको घांटी काटेर हत्या गरेको अवस्थामा मंगलवार शव फेला परेको छ ।

अन्दाजी ४० वर्षीय सफिद मियाँको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

मियाँ सोही ठाउको भएको सिरहा प्रहरीले जनाएको छ । अहिले प्रहरी घटना स्थल पुगिसकेका छन् । सोमवार राति उनको हत्या गरिएको बताइएको छ ।

हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन् । प्रहरीले घटनाको अनुसन्धन पछि मात्रै कारण पत्ता लाग्ने बनाएको छ ।