२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विस्फोट हुनेछ बारुद



अ+ अ-

दादागिरी छ तिम्रो मिच्न सक्ने
मिच कति सक्छौ मिच ।

स्वार्थमा रुमल्लिएका
नालायक भए हाम्रा
अनि तिमिले मिच्न पाएका छौ
मिच कति सक्छौ मिच ।

मलाई सिमा दुख्दा 
उनलाई सत्ता दुख्छ ।

तिमि सिमा मिचिरहदा
हात मिचिरहेका थिए हाम्रा
कहिले श्रीपेच बचाउनकालागि
कहिले श्री ३ बचाउनकालागि
कहिले सत्ता बचाउनकालागि
हात मिचिरहेका थिए हाम्रा ।

कहिले सरकार बचाउनकालागि
कहिले प्रधानमन्त्री बचाउनकालागि
कहिले मन्त्री बचाउनकालागि
हात मिचिरहेका थिए हाम्रा ।

कहिले छात्रवृत्ति बचाउनकालागि
कहिले कमिशन बचाउनकालागि
कहिले भ्रस्टाचार बचाउनकालागि
हात मिचिरहेका थिए हाम्रा ।

दादागिरी छ तिम्रो मिच्न सक्ने
मिच कति सक्छौ मिच ।

तिमिले एक मिटर मिचे
म भित्र जम्मा हुन्छ बारुद हजार मिटरको
तर याद गर त्यो बारुद
विस्फोट हुनेछ एक दिन
सिमा बचाउनका लागि
सिमा बचाउनका लागि ।।