९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विस्फोट हुनेछ बारुद



अ+ अ-

दादागिरी छ तिम्रो मिच्न सक्ने
मिच कति सक्छौ मिच ।

स्वार्थमा रुमल्लिएका
नालायक भए हाम्रा
अनि तिमिले मिच्न पाएका छौ
मिच कति सक्छौ मिच ।

मलाई सिमा दुख्दा 
उनलाई सत्ता दुख्छ ।

तिमि सिमा मिचिरहदा
हात मिचिरहेका थिए हाम्रा
कहिले श्रीपेच बचाउनकालागि
कहिले श्री ३ बचाउनकालागि
कहिले सत्ता बचाउनकालागि
हात मिचिरहेका थिए हाम्रा ।

कहिले सरकार बचाउनकालागि
कहिले प्रधानमन्त्री बचाउनकालागि
कहिले मन्त्री बचाउनकालागि
हात मिचिरहेका थिए हाम्रा ।

कहिले छात्रवृत्ति बचाउनकालागि
कहिले कमिशन बचाउनकालागि
कहिले भ्रस्टाचार बचाउनकालागि
हात मिचिरहेका थिए हाम्रा ।

दादागिरी छ तिम्रो मिच्न सक्ने
मिच कति सक्छौ मिच ।

तिमिले एक मिटर मिचे
म भित्र जम्मा हुन्छ बारुद हजार मिटरको
तर याद गर त्यो बारुद
विस्फोट हुनेछ एक दिन
सिमा बचाउनका लागि
सिमा बचाउनका लागि ।।