११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमा भइरहेको भीड ब्यबस्थापन गरौँ



अ+ अ-

अस्पताल तथा स्वास्थ्य संस्था यस्ता ठाउँ हुन् जहाँ बिरामीको उपचार हुन्छ अनि सरुवा रोग सर्ने पनि सम्भावना हुन्छ ।

१. जनस्वास्थ्य प्रयोगशालामा आज कोरोना जांच गराउने झन्डै हजार जनाको भीड थियो । त्यहाँ सामाजिक दुरीको नियम पालना थिएन । अधिकांश व्यक्तिहरुले घांटीमा मास्क लगाएर पंक्तिमा गफ गरिरहेका थिए । त्यो भीडबाट कोरोना संक्रमण सर्ने ठूलो सम्भावना देखियो । इन्टरनेटबाट वा प्रयोगशालाको गेटमा टाइम कार्ड वा टाइम नम्बर दिने हो भने यो भीड नियन्त्रण हुन्छ ।

२. सरकारी अस्पतालहरु, केहि निजि अस्पतालहरु तथा अन्य स्वास्थ्य संस्थामा ठूलो भीड देखिएको छ । बिरामी जांच गर्ने कोठा साना छन् । त्यहा हावा आवतजावत गर्ने ब्यबस्था छैन । सामाजिक दुरी कायम गर्ने मार्किंग गरिएको छैन । सबैलाई हतार भएको देखिन्छ । यसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम देखिन्छ ।

अहिले बर्षातको मौसम छैन । अस्पतालको चौरमा टेन्ट राखेर बिरामी जाँच्ने ब्यबस्था गर्ने हो भने हावा, प्रकाश आदिको स्वतः उपलब्धता हुने भएकोले कोरोना भाइरस बन्द कोठामा जस्तो धेरै समय रहदैन । चौरमा सामाजिक दुरी कायम गर्न सजिलो हुन्छ । यस्तो बेला छत, बरण्डा वा अन्य खुला स्थान पनि प्रयोग गर्न सकिन्छ ।

३. संक्रमित क्षेत्रबाट आएका बिरामीलाई पहिले टेकुमा एऋच् टेस्ट गरेर रिपोर्ट ल्याउने अनि अपरेसन गर्ने नियम बनाएको भए आज शिक्षण अस्पतालजस्तो जनसेवी अस्पतालको न्युरो युनिट शिल गर्नुपर्ने थिएन । दर्जनौं स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुपर्ने थिएन । यस्ता घटना ८/१० वटा ठूला अस्पतालमा हुने हो भने आम नागरिक स्वास्थ्य सेवाबाट बंचित हुने अवस्था आउँछ । यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण हुनु जरुरी छ ।

४. ज्वरो क्लिनिक र फ्लू क्लिनिकको छुट्टै ब्यबस्था गरेजस्तै डेडिकेटेड दीर्घरोग अस्पतालको रुपमा केहि अस्पताललाई बिकास गर्नु जरुरी छ । जोखिम बर्गमा रहेका व्यक्तिहरुले निर्धक्क स्वास्थ्य सेवा लिने बातावरण राज्यले प्रबन्ध गर्नुपर्दछ ।

– डा. रवीन्द्र पाण्डे