२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

कर्णाली प्रदेश सरकारद्वारा आर्थिक ऐन सार्वजनिक

कर्णाली प्रदेश सरकारद्वारा आर्थिक ऐन सार्वजनिक
अ अ+ अ-

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक रूपमा सवल हुनका लागि चालु आर्थिक वर्षमा प्रदेशको अर्थसम्बन्धी ऐन बनाएर सार्वजनिक गरेको छ ।

सरकारलाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले प्रदेश सरकारले आर्थिक ऐन ल्याएर राजपत्रमा प्रकाशित गरेको हो । तेह्रवटा अनुसूची रहेको उक्त ऐनमा २१ वटा शीर्षक रहेका छन् ।

राजस्व प्रणाली मजबुत नभई प्रदेश सरकारको अर्थतन्त्र सफल नहुने भएपछि आर्थिक ऐन सार्वजनिक गरी कार्यान्वयनमा ल्याइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्माले  जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहदेखि प्रदेश तथा सङ्घ सरकारका साझा अधिकारसँग सम्बन्धित भएर उक्त ऐन आएको हो ।

ऐनमा घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारीसाधन कर, सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब दस्तुर, ट्राफिक जरिवानालगायत अन्य दस्तुर समावेश गरिएका छन् ।

त्यस्तै मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयकर, कृषि सेवा शुल्क, पर्यटन शुल्क, प्राकृतिक स्रोत सङ्कलन तथा बिक्री शुल्क, वन पैदावार तथा वन क्षेत्रको नदीजन्य पदार्थको शुल्क बाँडफाँटसम्बन्धी विशेष व्यवस्था, वातावरण शुल्क लिनेलगायत व्यवस्था गरिएको सचिव शर्माले बताउनुभयो ।

उहाँका अनुसार ऐनमा निर्माण सामग्री प्रयोगशाला शुल्क, खानेपानी गुणस्तर परीक्षण सेवा, जनस्वास्थ्य प्रयोगशाला, आवेदन तथा सेवा शुल्क, बिक्री वितरण शुल्क, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम, राजस्वसम्बन्धी अन्य व्यवस्थाहरू, करको दर घटाउन, बढाउन वा छुट दिन नसकिने र विविध शीर्षक राखिएका छन् ।

आर्थिक ऐनले जथाभावी खर्च हुँदै आएको रकमलाई पारदर्शी बनाउनुका साथै हरेक क्षेत्रलाई व्यवस्थित बनाउने सरकारको अपेक्षा रहेको छ । कर असुलीलाई सुधार गरी आर्थिक अनुशासन कायम गर्न सरकारले ल्याएको आर्थिक ऐन प्रभावकारी भएमा राजस्व वृद्धि हुनुका साथै आत्मनिर्भर प्रदेश बनाउने अभियानलाई सहयोग पुग्ने मन्त्रालयका सचिव शर्माले विश्वास व्यक्त गर्नुभयो ।

उक्त ऐन खर्च र आम्दानीको दुवै अवस्था विश्लेषण गरेर बनाइएको जनाउँदै उहाँले प्रदेशलाई आर्थिक रूपमा सक्षम र समृद्ध बनाउन यो कदम चालिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार भएपछि आफ्ना अधिकार क्षेत्रबारे जानकार हुनुपर्छ । आम्दानी र वितरण प्रणालीलाई सही ढङ्गले अगाडि बढाएमात्र प्रदेश समृद्ध बन्दै जान्छ । सबै मन्त्रालयसँगको छलफलपछि विभिन्न शीर्षकमा करको दायरा सिफारिस भएको हो ।” रासस