२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतारमा काम गर्दा सबै सांसदहरु बेकुफ भयौँः सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले हतारमा कुनैपनि विधेयक अघि बढाइनु नहुने बताउनुभएको छ ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुभएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु नहुने बताउनु भयो । विधेयकहरु राम्रोसँग बुझेर मात्रै अघि बढाउनुपर्ने उहाँको भनाइ छ । हतारमा काम गर्दा संसदका सबै सांसदहरु बेकुफ भएको घटना ताजै रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘म त्यत्ति इन्टेलिजेन्स नभएर होला, तुरुन्तै अहिले ह्वारर पढेको आधारमा फिडब्याक दिन सक्दिन । हालैको अनुभव पनि छ । हतारको काममा लतार भएर एक जना सभापतिज्युले राजीनामा दिनुप¥यो । त्यसैले हामीले धेरै सोच्नुपर्छ । त्यत्रो सदनमा हामी सबै सांसदहरु त बेकुफ नै भयौँ नि त । सबैले थपडी मारेर पास ग¥यौँ, तर त्यसको नतिजा के आयो बुझेकै छौँ ।’

सांसद कार्कीले सदनमा र समितिमा छलफल राम्रोसँग गरेर मात्रै विधेयकहरु अघि बढाउनु उचित हुने सुझाव दिनुभयो ।