२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ४७ जनामा देखियो कोरोना



अ+ अ-

काठमाडौं। नेपालमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण देखिएको हो । 

भेरी अञ्चल अस्पतालमा नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरिका मध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना संक्रमण भेटिएको अस्पताल स्रोतले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परिक्षण हुनेक्रममा रहेको अस्पताल स्रोतले जनाएको छ। 

नरैनापुरमा एक व्यक्तिको निधनसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा उक्त क्षेत्रलाई हटस्पट घोषित गरि थप सतर्कता अपनाउन स्थानियहरुले माग गर्न थालेका छन्। सो क्षेत्रमा प्रसासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी सो क्षेत्रमा व्यापक मात्रामा परिचालन गरिएको छ।

नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी संक्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।