८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात
अ+ अ-

भक्तपुर । गोलाकार पारेर काटिएका मूलाका चानालाई सिन्काले घोचेर डल्लो र अली लाम्चो बनाइएको भातमा अड्याइएको छ । छरिता रोटीसँगै क्वाँटीलगायत विभिन्न तरकारी र खानेकुरा एउटा ठूलो पातमाथि राखिएका छन् । त्यही पातलाई नाङ्लो वा किस्तीमाथि राखेर रक्षाबन्धन धागो र सिन्दुरसमेत त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर यहाँका किसान खेतमा पुगेका छन् ।

सुन्दा पनि कतिपयलाई अचम्म लाग्न सक्छ, भ्यागुताको पूजा र भ्यागुतालाई भात ! तर भक्तपुरका नेवार समुदायका किसानले सयौँ वर्षदेखि यो परम्परालाई जीवित राख्दै आएका छन् । जनैपूर्णिमाका दिन अधिकांश मठमन्दिरमा भिड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आआफ्ना खेततिर लाग्ने गर्दछन् ।

आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रुपमा डाक्छन् र किसानले भ्यागुतालाई परिकार छाडिदिन्छन् । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिन्छ । साङ्केतिक रूपमा सिन्दुर पहि¥याइन्छ । किसानले ऐनाका रुपमा (भातमा गाडिएका मूलाका चाना) देखाइदिन्छन् । किसानले खेतमै छाडेर गएको परिकार भ्यागुता आएर खाने विश्वास किसानले गर्ने गरेका छन् ।

यो परम्परा देख्नेलाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि भने यो परम्परा नौलो होइन । हरेक वर्षको जनैपूर्णिमाका दिन मान्दै आएको यो परम्परा प्रकृतिपूजक अर्थात् प्रकृतिका देवताका रुपमा किसानले भ्यागुताको पूजा एवं भात खुवाउने परम्परा गर्दै आएको स्थानीय संस्कृतिकर्मी प्रकाश धौभडेल बताउनुहुन्छ ।

भ्यागुताले बालीनाली सपारिदिने विश्वास रहेको उल्लेख गर्दै उहाँ भ्यागुताको गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको बताउनुहुन्छ । धेरैतिर खेत हुनेहरूलाई सबैतिर पुग्न आज भ्याइनभ्याइ हुने गर्छ । यो परम्परालाई स्थानीय नेपाल भाषामा ‘ब्यां चा जानका वानेगू’ भन्ने गरिन्छ । नेपालभाषामा ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिएर सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउनुहुन्छ । भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गर्ने गरेको तथा भ्यागुतो उफ्रँदा बारीमा मल फिजिने र बाली बिगारिदिने कीटाणु खाइदिर किसानलाई सहयोग पु¥याउने भएकाले पनि भ्यागुताको पूजा र भोज खुवाउने परम्परा रहँदै आएको उहाँ बताउनुहुन्छ ।

खेतमा काम गर्दा जति पनि किराफट्याङ्ग्रा मार्छन् त्यसका लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन रहेको बताइन्छ । “भ्यागुता हाम्रो समाजमा वैद्धिक कालमा भएको गुरुचेला परम्परा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणाली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ”, धौभडेल भन्नुहुन्छ, “यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान् गुरु भ्यागुतो हो ।”

भ्यागुताबाटै नै पूर्वजहरुले शैक्षिक विद्याको सुरुआत गरेको संस्कृतिविद् उहाँ बताउनुहुन्छ । यसको प्रमाण रिकवेदमा ‘मन्धुक रिचा’मा उल्लेख गरिएको छ । त्यसैले भ्यागुताबाट नै पठनपाठन परम्परमा सुरु भएको मान्न सकिने श्रेष्ठको भनाइ छ ।रासस