१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई कुनै विभेद नगरिएको रुपन्देही कारागारको स्पष्टोक्ति



अ+ अ-

काठमाडौं । रुपन्देही कारागार प्रशासनले सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कुनै विभेद नगरिएको जनाएको छ ।

कारागार प्रशासनले हिजो साँझ विज्ञप्ति जारी गर्दै रविप्रति कुनै विभेद नगरिएको स्पष्टोक्ति दिएको हो ।

विज्ञप्तिमा अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको उल्लेख छ ।

साथै प्रशासनले रविले चाहेको खण्डमा बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको जनाएको छ ।