• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

जेठ ११ गते आईतबार, यी राशिहुनेहरुको आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल



मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोधपनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहार्मिक र सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाईएला । आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । आफ्नो भूमिबाट लाभ रहला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा सामान्य धनलाभ हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । हाम्रो पात्रो