१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड



अ+ अ-

कास्की। कार्यवाहक प्रधानमन्त्री एव शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानअनुसार सङ्घीयता कार्यान्वयनमा जोड दिनुभएको छ ।

आज पोखरामा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ठूला योजना सङ्घले, मध्यम योजना प्रदेश र साना योजना स्थानीय सरकारले बनाउने हो । तर सो अनुसार अहिले कार्यान्वयन हुन सकिरहेको छैन ।”

उहाँले आगामी दिनमा सङ्घीयताको अभ्यास हुँदै जाँदा व्यावहारिक रुपमै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री सिंहले विकास निर्माणका काम सम्झौताअनुरुप समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले भौतिक निर्माणलाई समयमै सम्पन्न गर्न कडाइका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । मन्त्री सिंहले संविधानले परिकल्पना गरेअनुसार अधिकारहरु प्रदेश र स्थानीय तहमा पु¥याउन नसकेको स्वीकार गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उस्तै योजना कार्यान्वयन गर्दा सङ्घीयताको मर्मविपरीत भएको बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीय सरकारले निर्माण गरेका पूर्वाधारहरुको पनि महानगरबाट पूरा गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

नवनिर्मित सो कार्यालयको भवन रु चार करोड १७ लाख ३३ हजार ६८६ मा निर्माण गरिएको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख (सिडिई) सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।

भवन निर्माणको जिम्मा सूर्य कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । सो कम्पनीले तोकिएको मितिभन्दा अगावै भवन निर्माण गरेको हो । रासस