१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी फुट्दैन तर पार्टीलाई अहित गर्नेहरुले आत्मालोचना गर्नैपर्छः उपमहासचिव बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले पार्टी फुटोस् भन्ने कामना गर्नेहरुको आकांक्षा पूरा नहुने बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच भएको बहसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी फुटोस् भनेर बस्नेहरुको कामना पूरा नहुने स्पष्ट पार्नुभयो । उहाँले बैठकमा हुँदै नभएको छलफलहरु पनि सञ्चारमाध्यममा ठूलो शिर्षकमा राखिएको बताउनु भयो । उहाँले पार्टीभित्र समस्या बल्झाइदिन सकिन्छ की भनेर कामना गरेर बस्नेहरुको हिस्सा रहेको पाएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बाहिरबाट पार्टी फुटोस् भनेर कामना गरेर बसेको त देख्छौँ । मिटिङमा पनि कसले के भने कसले के भने भनेर अतिरञ्जित गरेका कुराहरु त देखिरहेका छौँ । कतिपयले कामना त गरिरहेका छन् । तर त्यो पूरा हुँदैन । नभनेका कुराहरु ठूलो शिर्षकमा आए । पार्टीभित्र समस्या बल्झाइदिन सकिन्छ की भनेर कामना गरेर बस्नेहरुको हिस्सा पनि रहेछ ।’

उपमहासचिव बस्नेतले पार्टीलाई अहित हुने काम गरेकाहरुले आत्मालोचना गर्नुपर्ने बताउनु भयो ।