२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोली नै कार्यसमिति बैठक बोलाउन देउवालाई गगनको दवाव, विभिन्न दलमा चलखेल बढेको आशंका



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गर्नुभएको छ । 

नक्सा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया विचैमा तुहिनसक्ने आशंका बढीरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आह्वान  गर्नुभएको हो । 

पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुने तर्फ ध्यानाकर्षण गराउनु भएको छ । 

उहाँले परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी भोली नै बैठक बोलाउनु पर्नेमा जोड दिनुभएको छ । 

सामाजिक सञ्जालहरुमा उहाँले लेख्नुभएको छ, “परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ । 

काँग्रेस नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ’फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्नेगरी नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गर्नुभएको छ । 

भारतले सीमाना मिचेको विरुद्धमा नेता थापा सर्वाधिक सक्रियताका साथ लाग्नु भएको छ भने हडपिएको जमिनमा नेपालको नियन्त्रण कायम गराउन संसदबाट संकल्प गर्नुपर्नेमा पनि उहाँले जोड दिदै आउनुभएको छ ।