२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडक अवरुद्ध



फाईल फोटो
अ+ अ-

मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना८ख १५५२ नंको टेलर एकापसमा ठोक्किँदा एक चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सामान लोड भएको ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकाले निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको उनले जानकारी दिए ।