२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादमा तानिएका स्वास्थ्य सचिव कोइरालाको तिन महिना नपुग्दै सरुवा



अ+ अ-

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरूवा गरेको छ । कोइरालालाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ भने नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ ।

गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेपनि तर  स्वास्थ्यमा आएदेखि विवादमा तानिएका थिए । डाक्टरहरुलाई गाली गरेको भन्दै उनको आलोचना समेत भएको थियो । कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना  नपुग्दै डाक्टर शेरबहादुर पुनको विवादको योजनकार उनी नै भएको आरोप लागेको थियो ।

स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुसँग पटक-पटक विवाद भएकाले कोरोना नियन्त्रणमा समन्वय हुन सकेको थिएन ।

अर्याल भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।