काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले दुई महिनादेखि नतोकिएको सुनको मूल्य आजबाट निर्धारण हुन थालेको छ । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासले दुई महिनादेखि सुनको मुल्य निर्धारण गरिएको थिएन ।
महासंघले चैत्र १० गते तोलाको ७७ हजार कायम रहेको सुनको मूल्य बिहीबार (आज) प्रतितोला ८६ हजार एक सय रुपैयाँ तोकेको हो ।
त्यस्तै बिहीबार चाँदीको मूल्य भने प्रतितोला ८ सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।
त्यस्तै, उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रहेको छ । दुई महिनासम्म सुनको मूल्य नतोक्दा अन्योल भएकाले बुधबार सुनको नयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।