१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

समानता अक्षरमा मात्र

समानता अक्षरमा मात्र
अ अ+ अ-

अर्जुन बिश्वकर्मा । रुकुम पश्चिम चौरजाहारी नगरपालिका कि सेतिक सुस्मा मल्ल(ठकुरी) र जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिश्वकर्मा बिचको प्रेम समन्धको कारण यहि जेष्ठ १० गते शनिबार सुस्मा मल्लको मन्जुरीमा बिबाह गर्न घर बोलाएको र नवराज बिक को तर्फबाट जन्ती सहित गएको पक्षलाई आमा, बुवा र वडा अध्यक्ष सहितको गाउलेले नवराज सहित ३ जनाको ज्यान लिएको थियोे भने सोही पक्षका टिकाराम नेपालीको शव भेरी नदिमा भेटिएको थियो । यो घटनाले सिङ्गो दलित समुदायलाई चोट पुर्‍याएको छ ।

हिन्दु वर्ण ब्यावस्था किन गलत छ त ? बेदमा पनि ब्राह्मणहरु ब्रह्माको मुख बाट, क्षेत्रीहरु ब्रम्हाको पाखुराबाट, बैश्यक ब्रम्हाको तिघ्राबाट, शुद्रहरु ब्रम्हाको पैतालाबाट पैदा भएको भनी लेखिएको छ। उत्पत्ति समन्धी हिन्दु मान्यता केवल काल्पनिक कथा मात्रै हो।

सत्य होइन। संसारमा त्यस्ता दन्त्यकथाहरु धेरै छन। साम्यवादको स्थापनाको लागि रुसमा गरिएको क्रान्ति, फ्रान्समा गरिएको राज्य क्रान्ति पनि धर्मको कारण भएको थियो । आज संसारमा बिज्ञानको तिब्र गति अगाडि  बडिरहे पनि हाम्रो देशको स्थिति अझै परम्पराबादी सोचमा कायमै छ । देश धर्म निरपेक्ष राज्य बनिसकेपछी पनि हाम्रो मानसिकतामा अझै परिवर्तन आएको छैन। 

प्रेम एउटा भावनाको अभिप्राय हो । सुर मा सुर मिलेर संगीत बनेझै मधुरताले प्रेमको जन्म हुन्छ। परिवार निर्माण हुनुपर्थ्यो प्रेमको केन्द्रमा तर परिवार निर्माण गरिन्छ बिबाहको  सामाजिक ब्यावस्थामा । बिबाह एउटा सामाजिक सिद्धान्त हो। प्रेम प्रकृतिको बरदान हो । हाम्रो समाजले यो मान्यता राख्दै आयको छ । बिबाह पछी मात्र प्रेम हुन्छ भन्ने मान्यता सरासर गलत हो । ५ हजार बर्षमा पनि हामिलाई यो ख्याल आउन सकेन कि हामी प्रेम समन्धमा अज्ञान छौ अन्धा छौ । प्रेम त जहाँ कुनै बाधा(बन्धन हुदैन र जहाँ स्वतन्त्रता हुन्छ त्यहा हुने कुरा हो । समाजको सोच-बिचार अर्थात अन्धबिस्वास का कारणले प्रेम गर्ने हर-कोहिले प्रतेक बर्ष धेरैले ज्यान गुमाउनु परेको छ । रुकुममा भएको यो घटना पनि युवा-युवतीको अन्तरजातिय प्रेम समन्धको कारण ज्यान गुमाउनु परेको हो । 

दैलेखका सेते दमाइलाई गैरदलितहरुको समुहले छातीमा खुकुरी हानेको घटनादेखि धादिङमा दलित युवकले गैरदलित युवती संग प्रेम बिबाह गरेपछि गैरदलितहरुले सिङ्गो दलित बस्ती माथीको आक्रमण र यसरी आजसम्म पनि सामाजिक अन्धबिश्वास नवराज जस्ता युवकले अन्तरजातिय बिवाहका कारणले ज्यान गुमाउनु परिरहेको छ । 

यसरी समाजमा जातिय भेदभावलाई निर्मुल पार्न संबिधानले प्रत्याभूती गरेको छुवाछूत तथा भेदभाव विरुद्धको हक , सम्मानपुर्ण बाच्न पाउने हक जातिय तथा सामाजिक भेदभाव उन्मुलन समन्धित अन्तरास्ट्रिय महासन्धी बिपरित रहेको छ । त्यसैले जबसम्म सम्पुर्ण दलित तथा गैरदलित समुदायको मानसिकतामा परिवर्तन आउदैन तबसम्म जतिसुकै  संविधान रकानुन मानबअधिकारको घोषणा पत्रमा लेखिए पनि अरु नवराज जस्ताको घटना दोहोरिरहन्छ।

लेखक विश्वकर्मा दलित अधिकारकर्मी समेत हुन् ।