२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतकार रत्नशमशेर थापाको निधन



अ+ अ-

काठमाडौं । गीतकार रत्नशमशेर थापाको ८१ वर्षको उमेरमा निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।