२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ६६ औ दिन जारि रहदा राजधानीका सडकमा जे देखियो, हेरौ यी तस्विरहरु



अ+ अ-

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरिएको लकडाउनको आज ६६ दिन पुगेको छ ।  

लकडाउनका कारण काठमाडौं उपत्यकाका मुख्य सडकमा अत्यावस्यक सेवाका सवारी साधन र पासबाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । मानिसहरुको आवागमन पनि देखिदैन् । संक्रमितको संख्या बढ्दै गएपछि प्रहरीले सवारी साधन सञ्चालनमा कडाई गरेको छ । अत्यावस्यक सेवा र सवारी पास नलिइ सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । उपत्यकाका मुख्य सडक बाहेक भित्रि सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ । खाद्यान्न तथा तरकारीका पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री तथा तरकारी किनमेल गर्ने गरेका छन् । दुई महिना भन्दा बढी समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर संक्रमणको जोखिम उच्च बन्दै गएका कारण मानिसहरु घर बाहिर निस्किएका छैनन् ।  गत चैत ११ गते देखि जारी रहेको लकडाउनको समय अवधि जेठ २० गते सम्मका लागि तोकिएको छ ।