२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयको बजेटमा ३८ अर्ब बृद्धि



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले स्वास्थ्य मन्त्रालयको बजेटमा भारी मात्रामा वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७,७८ को बजेट बिहीबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वस्थ्य मन्त्रालयको बजेटमा बृद्धि गरिएको जानकारी दिए । 

उनले बजेट भाषणमार्फत स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । सो बजेटमा यस बजेटले गत वर्षभन्दा यो ३८ अर्बले बढाएको जानकारी मन्त्री खतिवडाले दिए । 
देशमा कोरोनाको संक्रमणको नियनत्रण र रोकथामका आयोजनाका लागि यति ठूलो मात्रामा स्वास्थ्य बजेटमा बृद्धि भएको हो ।