१४ असार २०८३, आईतवार
,
Latest
आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा कर्मचारीलाई घुमफिरको कार्यक्रम



अ+ अ-

काठमााडौँ । सरकारले राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देशदर्शन गर्नका लागि प्रोत्साहित गरिने बजेट ल्याएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले आज बजेट प्रस्तुत गर्दै देशदर्शनमा प्रोत्साहन हुनेगरी बजेट र कार्यक्रम ल्याएको बताए । तर पनि सो बजेटमा बिदाको विषयमा भने स्पष्ट पारेनन् । पर्यटन प्रवर्द्धनका लागि  हिमाली तथा पहाडी क्षेत्रमा अध्ययन गरि पर्यटक आकर्षण गरिने उल्लेख छ । 

यसअघि पर्यटन मन्त्री योगेश भट्टराईले कर्मचारीलाई घुम्न एक महिना विदा दिने भनेको थिए । 

नयाँ पर्यटकीय प्रडक्ट विकास गर्न बजेट बिनियोजन तथा पर्यटनमा कर छुट लगायत सुविधा दिने पनि बजेट भाषणमा भनिएको छ । एक प्रदेश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने पनि जनाइएको छ । त्यसका लागि एक अर्ब २६ करोड रकम विनियोजन भएको छ ।