२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्यो बजेटको आकार, १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल सरकारले आगामी वर्षको लागि बजेट आज सार्वजनिक गरेको छ । सरकारले आर्थिक वर्ष २०७७,७८ लागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६,७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

यस बजेटको स्रोत राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइनेगरी अर्थमन्त्री खतिवडाले बजेटको व्यवस्थापन गरेको बताए । त्यसैगरी बजेट व्यवस्थापनमा आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाइने आज प्रस्तुत सो बजेटमा जनाइएको छ ।