१४ असार २०८३, आईतवार
,
Latest
आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय मिडियाको समाचारप्रति नेपाली सेनाको गम्भीर आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले आफ्नो अतिक्रमित जमिन फिर्ता गरेर नयाँ नक्सा जारी गरेपछि नेपाल भारत सम्बन्ध चिसिएसँगै पछिल्ला दिनमा भारतका मिडियाले नेपाल बारे विभिन्न टिका टिप्पणी गर्ने गरेका छन् । कतिपय मिडियाले भारतका विरुद्धमा नेपालले काम गरेको भनेका छन् भने कतिपयले चीनको सहयोग लिएर भारतका विरुद्धमा नेपालले काम गरेको जस्ता अनर्गल प्रचार गरेका छन् । 
यस्तै विषयमा भारतीय सञ्चारमाध्यममा नेपाली सेनाको बारेमा प्रकाशि समाचार प्रति नेपाली सेनाले आपत्ति जनाएको छ । हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताद्वारा लिखित समाचार र टीएफआई पोष्टमा अक्षय नारंगद्वारा लेखिएको समाचारप्रति सेनाले आपत्ति जनाएको हो ।

भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित रहेको नेपाली सेनाले बताएको छ । नेपाली सेनाले यस्ता समाचारहरु नेपालमा विभाजन ल्याउने कुत्सित मनसायले आएको अफवाहमा विश्वास नगर्न नेपाली नागरिकलाई अनुरोध गरेको छ । नेपाली सेनाले बिहीबार विज्ञप्ति नै प्रकाशन गरेर ती समाचारको विरोध गरेको हो ।

नेपाली सेनाद्धारा प्रकाशित विज्ञप्तिमा भनिएको छ- 

नेपाली सेनाको गम्भिर ध्यानाकर्षण

१.मिति २०७७ जेष्ठ १४ गते बुधबार (27 May 2020) www.hindustantimes.com मा शिशिर गुप्ताद्धारा लिखित 'In huge setback to PM Oli, Nepal's new political map hits a roadblock'शिर्षक तथा मिति २०७७ जेष्ठ १५ गते विहिवार (28 May 2020) tfipost.comमा AkshayNarang द्धारा लिखित 'Oli ordered Nepal Chief of Army to rebut Indian Army Chief's remarks, the Nepalese General said 'No thanks' शिर्षकमा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२.उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।

३.राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ। यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।

४. साथै आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्वन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन नेपाली सेना अनुरोध गर्दछ ।