२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसमः पश्चिमी भेगमा आज दिनभर पानी पर्ने



अ+ अ-

काठमाडौं । नेपालको पश्चिमी भागमा आज दिनभर बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं उपत्यका भने बिहानमा पानी रोकिने र दिउँसो फेरि बादल लागेर वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम विभागका अनुसार काठमाडौं उपत्यकामा दुई–तीन बजेतिर पुनः बादल विकसित भएर वर्षा हुन सक्ने छ । यस्तै पश्चिम भूभागमा चाहिँ आज दिनभरी आकास खुल्ने सम्भावना छैन । त्यसैले बाढी सूचना केन्द्रले पनि पश्चिमका जिल्लाहरुका नदीमा बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सूचित गरेको छ ।

केन्द्रका अनुसार वर्षाका कारण हाल कास्की, गोरखा, तनहुँ, लमजुङ, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । थप वर्षा पनि हुन सक्ने र ससाना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ । पूर्वी भूभागमा निम्न चापिय रेखा छ । त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा बदली र वर्षा भएको हो ।