२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिटिएम नहुँदा भारतबाट आएका २६७ को परीक्षण हुन सकेन



अ+ अ-

जाजरकोट । जिल्लामा भिटिएम नहुँदा कोरोनाको पिसीआर परीक्षण हुनसकेको छैन । जिल्लामा हालै भारतबाट आएका २६७ जनालाई सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविमा बनाइएका क्वारेन्टिनमा राखिएको छ तर स्वाब सङ्कलनका लागि भिटिएम नहुँदा भारतबाट आएकाहरुको परीक्षण हुनसकेको छैन ।

सरकारले भिटिएम नपठाउँदा उनीहरुको स्वाब सङ्कलन हुन नसकेको हो । भिटीएममा शङ्कास्पदको स्वाब सङ्कलन गरी कोरोनाको पिसीआर परीक्षणका लागि सुर्खेत पठाउने गरिएको छ तर किट अभावमा परीक्षण हुनै नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । गत ३ चैतदेखि क्वारेन्टिनमा बसेका जुनीचाँदे गाउँपालिकाका दिनेश मगरले अहिलेसम्म परीक्षण हुन नसकेको बताउ । दुई हप्ता क्वारेन्टिनमा बस्ने भनिए पनि १३ दिन हुँदासम्म परीक्षण हुन नसकेको बताए ।

करिब ५०० को आरडिटी र ७४ जनाको  पिसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ तर लकडाउनकै अवधिमा भारतबाट मात्र पाँच हजार मानिस जिल्लामा भित्रिएका छन् । भारतबाट आएकाको पिसीआर परीक्षण नहुँदा स्थानीय त्रसित बनेका छन् । १४ दिन पुगेपछि लक्षण नदेखिए परीक्षणबिनै पनि घर पठाउन सकिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा सुनिल पुनले बताए  । उनले भने, “किट अभावमा परीक्षणबिनै घर पठाउनुपर्ने बाध्यता आइपरेको छ । माग गरेका छौँ आइपुगेको छैन । आउने बित्तिकै परीक्षण गरेर घर पठाउँछौँ ।”