१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना अस्पताल भद्रपुरमै बनाउन स्थानीयकाे माग



अ+ अ-

भद्रपुरः झापाकाे सदरमुकाम भद्रपुरमा यथाशीघ्र कोरोना उपचार अस्पताल बनाइनु पर्ने माग सरोकारवालाले अगाडि सारेका छन्  ।

कोरोना अस्पताल विवाद समितिले भद्रपुरमा आयोजना गरेको सरोकारवाला निकायका प्रतिनिधिसितको सर्वपक्षीय छलफलमा सहभागीहरू मेची अस्पताल सञ्चालनमा रहेको भवन जीर्ण र साँघुरो रहेको तथा निर्माणाधीन भवन निर्माणका चरणमा रहेकाले विकल्पका रूपमा रहेका भवन मध्येमा यथासिघ्र अस्पताल सञ्चालन गरिनु पर्ने माग अगाडि सारेका हुन् ।

भेलामा सहभागीहरूले भद्रपुर १० स्थित कलवलगुरी प्रशिक्षण केन्द्रको भवन, चन्द्रगढीमा रहेको खाद्य गोदाम, निर्माणाधीन गिरिजाप्रसाद स्मृति सभा गृह, वा निर्माण सम्पन्नको चरणमा पुगेको भद्रपुर नगरपालिकाको नयाा भवन मध्ये एक स्थानमा अस्पताल सञ्चालन गरिनु पर्ने माग गरेको हो ।

भेलामा सहभागी अधिकाम्सले भद्रपुरको विकासमा स्थानीय बाधक भन्ने भ्रम फैलाएर केही विकास विरोधी तत्वहरूले अस्पताल निर्माण कार्य ओझेलमा पारेको प्रति आपत्ति जनाएका छन् । उनीहरूले अस्पताल बनिनु स्वागत योग्य भएको भए पनि भरपर्दो सुरक्षा सावधानी विना अस्पताल बनाउनु नहुने समेत प्रष्ट पारेका छन् ।

भेलामा सहभागी उद्योग वाणिज्य संघ झापाका अध्यक्ष नवराज पनेरूका अनुसार कोरोना संक्रमण तीव्र गतिमा देखिएको झापाका लागि भद्रपुरमै एउटा कोरोना अस्पताल छिटो भन्दा छिटो निर्माण आवश्यक छ । तर, छिटो अस्पताल बनाउने बाहनामा असुरक्षित भवनमा निर्माण गरिनु नहुने पनेरूको धारणा छ ।

अर्का सहभागी प्रा. डा. पृथ्वीविक्रम राई निर्माणाधीन भवनको सम्पूर्ण काम सम्पन्न गर्न महिनौ लाग्न सक्ने अवस्थामा निर्माण सम्पन्न भएका बैकल्पिक भवनहरू मध्येमा अस्पताल बनिनु पर्ने बताउँछन् । राईले सञ्चालनमा रहेको अञ्चल अस्पताल र प्रस्तावित कोरोना अस्पतालको मुख्य प्रवेशद्वार एउटै भएका कारण पनि प्राविधिक दृष्टिले मेची अस्पतालमा कोरोना अस्पताल थप्न असंभव देखिने स्पष्ट पारेका थिए ।

अग्रज पत्रकार गोपाल गिरी स्थानीयमा रहेको कोरोना संक्रमण त्रास अन्त्य हुने आधिकारिक विज्ञ टोलीविनाको घोषणा नआएकाले समस्या उत्पन्न भएको जनाउाछन् । गिरी अस्पताल बनाउने हतारोमा ३ तले भवन आधामै निर्माण रोकिने चिन्ताले भद्रपुरको विकासमा अवरोध आएको बताउँछन् । स्थानीय विकास विरोधी होइनन् भन्दै गिरी अस्पताल बनिनु पर्छ तर, दीर्घकालसम्म असर नगर्ने सोचले काम गर्नु पर्ने प्रष्ट्याउँछन् ।

कोरोना अस्पताल विवाद समाधान समितिका संयोजक भक्त खवासको अध्यक्षतामा सम्पन्न छलफलमा भद्रपुर नगर क्षेत्रका रहेका विभिन्न संघ संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति, प्रशासन र झापाका राजनीतिक दलहरूका प्रमुखको सिरफारिसमा प्रदेश सरकारले मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार अस्पताल र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला बनाउने तयारी गरेको थियो । तर, भविष्यमा प्रत्यक्ष असर पर्ने भद्रपुरका स्थानीयबासीले अस्पतालमा प्रयोगशाला र कारोना उपचार बनाउन जोखिम हुने भन्दै आपत्ति जनाउँदै सरकारी निर्णय नसच्चिए आन्दोलनमा जाने तयारी गरिसकेका छन् ।

सिमित क्षेत्रमा खुम्चिएको अञ्चल अस्पताल आसपास रक्त सञ्चार सेवा, प्रसुती गृह, पोषण पुनस्थापन केन्द्र, जिल्ला बालकल्याण संरक्षण केन्द्र, एच आइ भी उपचार तथा पुनस्थापन केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अबुद्र्ध रोग पहिचान केन्द्र जस्ता सम्वेदनशील क्षेत्र  ५० मिटर दुरी भित्रै पर्दछन् । यस्तो अवस्थामा अन्य रोगका विरामी उपचार सेवा लिन अस्पताल कसरी आउन सक्छन् ? भन्ने प्रश्न स्थानीय सरोकारवालाले जोडदार उठाएका छन् ।