२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूकुम घटनाका दाेषीमाथि कारबाही गर्न माइतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडाैंः रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले विरोध प्रदर्शन गरेको छ । रोल…

रकुममा भएको अमानविय घटना लगायत देशभरी दलित समूदायमाथि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । संघले काठमाडौंमा माइतीघर मण्डला सहित देशभरी विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाएको छ ।

संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताउनुभयो । यति ठूलो घटना हुँदा पनि राज्य अध्याँरोमा मौन बसेकाले क्यान्डिल बालेर विरोध प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारवाही गरी कम्तिमा पनि देशको नागरिक भएर बाँच्न पाउनुपर्छ भनेर ऐक्यवद्धता जनाउन देशभरी विरोधका कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

रुकमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको  छ । घटनाको प्रतिकारात्मक रुपमा प्रदर्शनमा सहभागिमध्ये ५ जनाले सेतो कपडा बेरेका छन् । पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरुलाई शहिद घोषणा गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।