२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको नेचुङ्गमा सशस्त्रकाे पाेस्ट स्थापना



अ+ अ-

काठमाडाैंः मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (वीओपी) नेचुङ्गको स्थापना भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले यही जेष्ठ १५ गते उक्त वीओपीकाे विधिवत उदघाटन गर्नु भएकाे हाे ।

गृह मन्त्रालयकाे निर्देशनमा सशस्त्र प्रहरीले हाल कालापानी क्षेत्र समेत चीन र भारतसँग सीमा जाेडिएका विभिन्न स्थानमा वीओपी स्थापना गरिरहेकाे छ ।