३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाद्वारा टी–२० सिरिज ५–० ले क्लिन स्वीप, पाँचौं खेलमा वेस्ट इन्डिजमाथि ३ विकेटको जित



अ+ अ-

काठमाडौँ । पाँचौं टी–२० खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै शृङ्खला ५–० ले क्लिन स्वीप गरेको छ ।

बासेटेरेमा खेलिएको पाँचौं तथा अन्तिम खेलमा टिम डेभिड, मिचेल ओवेन र क्यामरुन ग्रिनको उत्कृष्ट ब्याटिङका कारण अष्ट्रेलियाले जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १९.४ ओभरमा १७० रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले १६ ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

टस हारेर ब्याटिमा उत्रिएको वेस्ट इन्डिजको सुरुवात खराब रह्यो । ओपनर शाई होप १४ रनमा आउट भए । त्यसपछि दोस्रो ओपनर ब्रान्डन किङ २२ रनमा पभेलियन फर्किए । पावरप्लेमा वेस्ट इन्डिजले ३ विकेट गुमाएपछि ४९ रन बनाएको थियो । १० ओभर (ड्रिंक्स)सम्मको स्कोर ४ विकेटमा ८४ रन थियो ।

शिमरोन हेटमायरले उत्कृष्ट ब्याटिङ गर्दै तीन महत्वपूर्ण साझेदारी गरे । पहिलो, उनले शेर्फेन रदरफोर्डसँग चौथो विकेटको लागि १८ बलमा ३२ रन जोडे ।

यसपछि उनले जेसन होल्डरसँग पाँचौं विकेटको लागि ३० बलमा ४७ रन र सातौं विकेटको लागि १५ बलमा ३२ रनको साझेदारी गरे ।

यी साझेदारीका कारण वेस्ट इन्डिजको स्कोर १७० पुग्यो । हेटमायरले ३१ बलमा ५२ रन, रुदरफोर्डले १८ बलमा ३५ र होल्डरले १५ बलमा २० रन बनाए ।

अस्ट्रेलियाका लागि बेन द्वारशुइसले ४ ओभरमा ४१ रन दिँदै ३ विकेट र नाथन एलिसले ३.२ ओभरमा ३२ रन दिँदै २ विकेट लिए ।

१७१ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात राम्रो भएन । ओपनर ग्लेन म्याक्सवेल १२ रनमा आउट भए । जोश इङ्लिस २३ रन र मिचेल मार्श २५ रनमा पभेलियन फर्किए । अस्ट्रेलियाले पावरप्लेमा ४ विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

क्यामरुन ग्रिनले अष्ट्रेलियाली इनिङ्सको जिम्मेवारी सम्हाले र टोलीलाई जितको सँघारमा पुर्‍याए । उनले टिम डेभिडसँग चौथो विकेटको लागि १४ बलमा ३५ रन र मिचेल ओवेनसँग पाँचौं विकेटको लागि २९ बलमा ६३ रनको साझेदारी गरे ।

ग्रिनले १८ बलमा ३२ रन, डेभिडले १२ बलमा ३० र ओवेनले १७ बलमा ३७ रन बनाए ।

वेस्ट इन्डिजका लागि अकिल हुसेनले ४ ओभरमा १७ रन दिँदै ३ विकेट, जेसन होल्डरले ३ ओभरमा ३६ रन दिँदै २ विकेट र अल्जारी जोसेफले २.१ ओभरमा २१ रन दिँदै २ विकेट लिए ।