२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ ५ गते दोस्रो केन्द्रीय समिति बैठक बोलाएको छ। सभापति रवि लामिछानेले बोलाएको बैठकमा पार्टीका बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव अघि बढाउने तयारी गरिएको छ।

रास्वपाका एक नेताका अनुसार बैठकमा केही पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन गरी अनुमोदनका लागि प्रस्ताव पेश गर्ने तयारी छ। बैठकका लागि केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको छ।

रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्षको पदमा मनोनयन हुन बाँकी छ। त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गर्न बाँकी रहेको छ।

यसअघि साउन १३ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले पाँच जना पदाधिकारीलाई सचिवालय सदस्य बनाउने निर्णय गरेको थियो। सोही बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकबाट सर्वसम्मत रूपमा पारित भएको थियो।

भदौ ५ को बैठकबाट रास्वपाको संगठनात्मक संरचनालाई थप पूर्णता दिने तयारी गरिएको नेताहरूले बताएका छन्।