१ भाद्र २०८३, सोमबार
,
Latest
संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ



अ+ अ-

बर्दिया । आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा बर्दियामा १९ वर्षीय युवक पक्राउ परेका छन्।

गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते भएका उपाध्यायको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि प्रहरीले सरगम आचार्यलाई नियन्त्रणमा लिएको छ।

घटनाको कारणबारे खुलिनसकेको प्रहरीले जनाएको छ। पक्राउ परेका आचार्यविरुद्ध आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।