८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

भारत–नेपाल गृह सचिवस्तरीय वार्ताः सीमापार अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापनसम्म सहकार्य गर्ने निर्णय

भारत–नेपाल गृह सचिवस्तरीय वार्ताः सीमापार अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापनसम्म सहकार्य गर्ने निर्णय
अ+ अ-

काठमाडौँ । भारत र नेपालको गृह सचिवस्तरीय बैठकले सीमापार अपराध नियन्त्रण, विपद् व्यवस्थापन र आपसी कानुनी सहायताजस्ता बहुपक्षीय सुरक्षाका विषयमा सहकार्य गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

बुधवार भारतको नयाँ दिल्लीमा सम्पन्न गृहसचिवस्तरीय वार्ताले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो । बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारका गृहसचिव गोविन्द मोहनले गर्नुभएको थियो भने नेपाली प्रतिनिधिमण्डको नेतृत्व नेपाल सरकारका गृहसचिव गोकर्णमणि दुवाडीले गर्नुभएको थियो । मन्त्रालयका प्रवक्ता तथा सहसचिव तिवारीकाअनुसार बैठकमा खासगरी मानव बेचबिखन तथा सीमापार लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा प्राथमिकताका साथ छलफल छ । बैठकमा सीमामा निगरानी तथा जाँच प्रणालीलाई सुदृढ बनाउने, समयमै अपराधसम्बन्धी सूचना आदानप्रदान गर्ने र सम्भावित अपराध रोक्न दुवै देशका सुरक्षा निकायबीच सहकार्यलाई थप सशक्त बनाउने निर्णय भएको तिवारीले बताउनु भयो । साथै, सीमा क्षेत्रमा भइरहेका अराजक गतिविधिहरु नियन्त्रण गर्न दुवै पक्षले सक्रियता बढाउने प्रतिवद्धता जनाएको पनि उहाँले बताउनु भयो । उहाँले विपद् व्यवस्थापनमा सहकार्य अभिवृद्धि गर्ने, अर्ली वार्निङ प्रणालीमार्फत सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने र कानूनी सहायतासम्बन्धी प्राविधिक प्रक्रिया टुंग्याउने निर्णय पनि बैठकले गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गृहसचिवस्तरी बैठक जुलाई २२ र २३ मा भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठकमा गृहसचिवस्तरीय समितिको कार्यक्षेत्रको आधारमा सीमापार अपराध रोकथाम गर्ने । त्यसमा पनि खास गरेर मानव बेचबिखन, सीमापार लागुऔषध ओसारपसारको विषयमा छलफल भएको छ ।

लागुऔषधको ओसारपसारले युवाहरुलाई कुलतमा पार्ने तथा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको कारण यसलाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा बैठकमा गहन रुपमा छलफल भएको छ । त्यसपछि सीमा निगरानी तथा जाँच गर्ने, अपराधसम्बन्धी सूचनाहरु समयमै आदानप्रदान गर्ने र सम्भावित अपरा नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायहरुलाई सहकार्य गर्न जोड दिने निर्णय भएको छ । सीमा नाकाहरुमा हुने गरेका अराजक गतिविधिहरु जुन दुवै देशको राष्ट्रियता विरुद्ध छन् ती गतिविधिहरुलाई नियन्त्रण गर्नका लागि दुवै देशले सक्रियता बढाउने निर्णय भएको छ । विपद् प्रतिकार्यमा सक्रियता बढाउने र अर्ली वार्निङ लगायतका सूचना आदानप्रदान गर्ने निर्णय पनि भएको छ । बैठकमा रहेका स्तम्भहरुको निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । पारस्परिक कानूनी सहयतासँग सम्बन्धीत विषयमो प्राविधिक जाँच पुरा गरेर टुंगोमा पुर्याउने पनि उक्त गृहसचिव स्तरीय बैठकले निर्णय गरेको छ ।’

उहाँकाअनुसार बैठकमा सीमा क्षेत्रका स्तम्भहरुको निर्माण तथा मर्मतका विषयमा पनि छलफल भएको छ ।