८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्राकृतिक प्रकोपले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजन सफल हुन सकेको छैनः मन्त्री भण्डारी

प्राकृतिक प्रकोपले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजन सफल हुन सकेको छैनः मन्त्री भण्डारी
अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्राकृतिक प्रकोपले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को भिजनलाई असर पारिरहेको बताउनुभएको छ ।

शुक्रवार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले कतै अनावृष्टि, कतै अतिवृष्टिको अवस्था रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजनलाई प्राकृतिक विपत्तिहरुले असर गरिरहेको बताउनु भयो । रसुवा बाढी, मधेसमा सुख्खाग्रस्त हुनु जस्ता विपद्ले पनि समृद्ध नेपालको सपना साकार हुन नसकिरहेको बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘कहीँ अनावृष्टि, कतै अतिवृष्टि र कतै पानी नपरेको अवस्थामा जुन प्रकृतिको प्रकोप र मारमा परेका छौँ । प्रधानमन्त्रीज्युले बारम्बार भन्ने गर्नुहुन्छ, यो मुलुकको समृद्धिको लागि, जनताको सुखको लागि समृद्ध नेपाल सुखी नेपालीको उहाँको जुन भिजन छ । जसलाई बेला बेलामा यस्ता किसिमका प्रकृतिका प्रकोपले असर पारिरहेको छ । रसुवामा त्यत्ति ठूलो बाढी आयो । अहिले मधेसमा सुख्खाग्रस्त छ । यस्तो विषम परिस्थितिमा पनि कुसल नेता र नेतृत्वले गर्नुपर्ने निर्णयहरु तत्काल गरिएका छन् ।’

मन्त्री भण्डारीले मधेस प्रदेशको परिस्थितिलाई मध्यनजर राखेर संकट ग्रस्त र सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको बताउनु भयो ।