८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

नेपाली कम्युनिष्ट आन्दोलनमा कर्माचार्यको योगदान अतुलनीयः अध्यक्ष दाहाल

नेपाली कम्युनिष्ट आन्दोलनमा कर्माचार्यको योगदान अतुलनीयः अध्यक्ष दाहाल
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्र्य नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिक रहेको बताउनुभएको छ ।

स्वर्गीय नेता कर्माचार्यको स्मृति दिवसमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले नेता कर्माचार्यलाई सरलता, सज्जनता र सही विचारप्रति अविचलित प्रतिवद्धता राख्ने नेता वर्णन गर्नुभयो । अध्यक्ष दाहालले २०४६ सालको जनआन्दोलनपछि माओवादी विचारधारा मान्ने शक्तिहरू एकतावद्ध भएको स्मरण गर्दै अध्यक्ष दाहालले त्यही समय उहाँसँग सहकार्य गर्ने मौका पाएको बताउनु भयो । अध्यक्ष दाहालले स्वर्गीय नेता कर्माचार्यको योगदानको स्मरण गर्दै आफूले सधैँ आफ्नो अभिभावकको रुपमा सम्झिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कमरेड नरबहादुर कर्माचार्य नेपालको कम्युनिष्ट आन्दोलनकै एउटा प्रतिक हो । सरलता र सजहताको पनि प्रतिक । उहाँको स्मृति दिवको अवसरमा उहाँलाई उचित सम्मान गर्ने काम आज भएको छ । उहाँ जहिले पनि सही विचारको आधारमा कम्युनिष्ट एकतामो पक्षपोषण गर्नुहुन्थ्यो । २०४६ सालको जनआन्दोलनको लगत्तै पछि हामी माओवाद या विचार मान्ने शक्तिहरु एकतावद्ध भएका हौँ । उहाँ अध्यक्षको रुपमा र म महासचिवको रुपमा केही समय सँगै काम गर्ने अवसर प्राप्त भयो । त्यतिबेला मैले उहाँलाई एकदमै सरल, इमानदार, निष्ठावान र क्रान्तीकारी विचारप्रति अविचलित रुपले अगाडि बढ्ने एउटा नेता र अभिभावकको रुपमा मैले पाएँ ।’

उहाँले कर्माचार्यको वैचारिक दृढता र संगठकीय प्रतिबद्धता नेपाली कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताउनु भयो ।