८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर
अ+ अ-

लुम्बिनी । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी तथा करछलीका विरुद्धमा अर्को ठूलो कारबाही गरेको छ ।

राजस्व कार्यालयले गरेको अनुसन्धानका आधारमा स्थानीय व्यवसायी अजय बैङ्गल स्टोरले पशुपन्छी आहाराका नाममा गलत विवरण पेस गरी करोडौँ रुपैयाँ बराबरको कर छली गरेको भन्दै अनुसन्धान कार्यालय बुटवलले कारबाही अगाडि बढाएको छ ।

राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० ९६० बमोजिम जारी गरिएको कर छलीसम्बन्धी अभियोेगपत्रअनुसार अजय बैल्बस स्टोरले भारतबाट पशुपन्छी आहाराका नाममा गलत विवरणमा सामान आयात गरी आन्तरिक बजारमा बिक्री वितरण गरेको थियो ।

अनुसन्धानका क्रममा कुल रु नौ करोड ९९ लाख ८९ हजार ८४१ बराबरको कारोबारमा कर छल्न खोजिएको देखिएको अनुसन्धान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वास्तविक मूल्याङ्कनका आधारमा उक्त कारोबारमाथि लाग्ने कर रु चार करोड ८३ लाख २५ हजार ८८६ बराबरको रहेको पाइएको छ । राजस्व विभागले बिगो र जरिवाना गरी उक्त रकम असुल गर्न र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ । यसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत सबै प्रकारका करहरू पनि समावेश गरिएको उल्लेख छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलले सम्बन्धित व्यवसायी अजय बैङ्गल स्टोरविरुद्ध राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० ९६० बमोजिम सरकारी कर छलीसम्बन्धी अभियोगपत्र आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दर्ता गराएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

गैरकानुनी रूपमा व्यापार गर्दै आएका समूहहरूको खोजी, निगरानी र कानुनी कारबाहीका लागि कार्यालयले विशेष अभियान नै चलाउँदै आएको छ । तस्करी र करछली गर्नेहरू कानुनी दायरामा ल्याउनेगरी अनुसन्धान भइरहेको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेको भनाइ छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत घिमिरेका अनुसार राजस्व सुरक्षाका निम्ति राजस्वको टोली निरन्तर सक्रिय रहेको र यस्ता कारबाही अझ तीव्र बनाइने छ ।