८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

इरानको जेलमा रहेका पाँच नेपाली मुक्त भई स्वदेश फिर्ता

इरानको जेलमा रहेका पाँच नेपाली मुक्त भई स्वदेश फिर्ता
अ+ अ-

काठमाडौँ : इरानको जेलमा रहेका पाँच जना नेपाली गएराति काठमाडौँ फर्किएका छन् । उनीहरु इरानबाट गएराति काठमाडौँ आइपुगेका हुन् । हालैको इजरायल इरान युद्धका कारण नेपाली नागरिकको सुरक्षा एवं उद्धारका क्रममा इरानको जेलमा पाँच जना नेपाली रहेको पत्ता लागेको थियो ।

त्यसपछि परराष्ट्र मन्त्री डा आरजु राणा देउवाको निर्देशनमा मन्त्रालयले उनीहरुलाई जेलमुक्त गरी स्वदेश फर्काउनका लागि कूटनीतिक पहल सुरु गरेको थियो । सो पहलस्वरुप उनीहरु जेलमुक्त भई गएराति स्वदेश फर्किएका हुन् । उनीहरु स्वदेश फर्किएको जानकारी आज परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत् गराएको छ । साथै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उनीहरु नेपाल फर्किएपछि सो कामका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ हालैको इजरायल- ‘इरान युद्धमा नेपाली नागरिकको सुरक्षा र उद्धारका क्रममा इरानको जेलमा ५ नेपाली रहेका थाहा भएपछि परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक पहल सुरू गर्यो । सो पहलका कारण उहाँहरू जेलमुक्त भइ गएराति सकुशल नेपाल फर्किनुभएको छ । यस कार्यमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद छ ।’