५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो



photo: rss
अ+ अ-

काठमाडौँ । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको  छेड्खानीका सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष छानविन समितिको म्याद सात दिन थपिएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा समितिको म्याद थप सम्बन्धी सभामुख देवराज घिमिरेले प्रश्तुत गर्नुभएको प्रश्ताव सभाले स्वीकृत गरेको हो । असार २३ गते बसेको प्रतिनिधि सभा बैठकले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे भएको छेडखानीको अध्ययन र छानविन गर्न संसदीय छानविन समिति गठन गरेको थियो ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक/एक जना रहेका छन् ।