१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेलेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा पुगेर सभामुख घिमिरेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो ।

सभामुख घिमिरेले राष्ट्रपति पौडेलसँग विधेयक फिर्ताबारे चासो राखेको सभामुखनिकट स्रोत बताउँछ ।

राष्ट्रपति पौडेलले संशोधित विधेयक प्रथम दृष्टिमै संविधानको धारा २८४ को भावना र मर्म एवम् विश्वव्यापि लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने देखिएको साथै संवैधानिकतालाई सीमित र संकूचित बनाउने आशंकासहित विहीबार साँझ संघीय संसदमा फिर्ता पठाउनुभएको थियो ।

दुवै सदनबाट पारित भई सो संशोधन विधेयक प्रमाणीकरणका लागि असार ३१ मा राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

यस्तै, सभामुख घिमिरेले संसद्‌का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।