८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

एक सय ६५ युवा सांसदले लिए शपथ

एक सय ६५ युवा सांसदले लिए शपथ
अ+ अ-

काठमाडौँ । देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश समृद्धि नहुने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा पूर्वाधार, कृषिलगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएकामा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले कुर्सीका लागि नभई राष्ट्र निर्माणका लागि सम्झौता गर्नुपर्नेमा जोड दिनुभयो । सांसदहरू देश बनाउनका लागि क्रियाशील रहनुपर्ने उहाँको भनाइ थियो ।

क्याप्टेन विजय लामाले कुनै पनि पद वा बर्दी नक्कली हुन नसक्ने उल्लेख गदै पद र बर्दी ओगट्ने व्यक्तिहरू नक्कली हुँदा देश र जनताले दुःख पाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित युवा सांसदहरूलाई ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल, सांसद छनोट प्रक्रियाका निर्णायक बुद्धिसागर मरासिनी र सञ्चारकर्मी राजन कुइँकेलले प्रमाणपत्र तथा ब्याच वितरण गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा पूर्वराजदूत महेशराज दाहाल र अधिवक्ता रामहरि नेपालले नवनिर्वाचित युवा सांसदहरूलाई कानुन निर्माण प्रक्रिया र संसदीय अभ्यासबारे प्रशिक्षण दिनुभयो ।

त्यस अवसरमा नागरिक समूहका अध्यक्ष निगम हुमागाई, नेपाल–चीन मामलाका जानकार दिनेश खनाल, समाजसेवी विष्णुहरि दाहाल, युवा अभियन्ता विजय कँडेललगायतको उपस्थिति थियो ।

युवा सांसद छनोटका लागि देशभरका १६५ निर्वाचन क्षेत्रका लागि अनलाइनमार्फत खुला आवेदन आह्वान गरिएको थियो । जसमध्ये प्राप्त सात हजारभन्दा बढी आवेदनबाट उनीहरूको अध्ययन, समाजप्रतिको योगदान तथा कामको अनुभवका आधारमा चयन समितिले प्रत्येक निर्वाचन क्षेत्रका लागि अन्तिम तीन उम्मेदवार चयन गरेको थियो । तीमध्ये एकजना असार १५ गते भएको अनलाइन भोटिङबाट निर्वाचित भएका हुन् ।

सांसद छनोट समितिमा पूर्वराजदूत महेशराज दाहाल, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, पत्रकार बुद्धिसागर मरासिनी, अधिवक्ता रमण कर्ण, समाजसेवी विन्दु परियार थापा, अर्थविद् नवराज अर्याल र ग्लोबल युथ पार्लियामेन्टका उपाध्यक्ष कैलाश श्रेष्ठ हुनुहुन्थ्यो ।