• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

म्यानमारबाट उड्यो २६ नेपालीसहितको सैनिक विमान, केही समयमा नेपाल आइपुग्ने



काठमाडौं । आज बिहान ७ बजे म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ। म्यानमारमा भएका २६ जना नेपालीलाई लिएर विमान उडेको हो। लकडाउनको बिचमा यसरी बाहिरी देशबाछ पहिलो पटक चीनबाट नेपालीहरु ल्याईएको थियो । चीनपछि औपचारिक रुपमा नेपाल फर्किँदै गरेको यो पहिलो समूह हो।

म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन्। म्यानमारमा अहिलेसम्म २ सय ३६ जना संक्रमित देखिएका छन्। त्यहाँ ठीक हुनेको संख्या आधाभन्दा बढी छ। १ सय ४८ जना संक्रमणमुक्त भइसकेको म्यानमारमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

सबै फोटोः देवेन्द्र नौलखाको फेसबुकबाट।