१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने छ ।

सोमबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव पेस भई छलफल हुने नेता गौतमले जानकारी दिनुभयो ।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ । केन्द्रीय कमिटीको बैठक भोलि र पर्सि बस्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।