५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा

पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा
अ+ अ-

काठमाडौँ। पोखरा बस व्यवसायी समिति (पोखरा यातायात कम्पनी प्रा.लि.) ले रसुवा बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

समितिको हालै सम्पन्न साधारण सभाले देशमा आइपरेको वर्तमान सङ्कटको घडीमा मलम लगाउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

पोखरा यातायात व्यवसायी संघका सल्लाहकार, पोखरा महानगरपालिकाका यातायात सहसंयोजक एवं वडा नम्बर १६ का अध्यक्ष अमृत तिमील्सिनाले साधारण सभाले उक्त सहयोगको औपचारिक निर्णय गरेको जानकारी दिनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात क्षेत्र आफैँ प्राकृतिक विपत्तिबाट गम्भीर रूपमा प्रताडित भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले यस्तो कठिन परिस्थितिमा पनि यातायात व्यवसायीहरू नागरिकको सेवा, उद्धार र राहत कार्यमा देशैभरि अग्रपंक्तिमा खटिरहेको बताउनु भयो ।

अध्यक्ष सिटौलाले हालैका बाढी–पहिरोका कारण सार्वजनिक यातायात क्षेत्रमा अर्बौंको क्षति हुनुका साथै ठूलो संख्यामा यात्रु, चालक र सहचालकहरूले ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म सरकारको तर्फबाट कति सवारी साधन र कति मजदुर–यात्रुहरू बेपत्ता भए भन्ने यकिन तथ्यांक आउन सकेको छैन ।त्रिशूली र रसुवा लगायतका क्षेत्रमा व्यवसायीहरूले परिवारका सबै सदस्य गुमाउनुपरेको विक्षिप्त अवस्था छ ।’

अध्यक्ष सिटौलाले सरकारलाई युद्धस्तरमा उद्धार कार्य अघि बढाउन र सबै राजनीतिक दल तथा सरोकारवालालाई मानवीय सेवामा जुट्न अपिल गर्नुभयो ।–न्युज एजेन्सी नेपाल