१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित



अ+ अ-

काठमाडौँ। सरकारले सुरुङमा फसेका इन्जिनियर तथा प्राविधिकहरुको उद्धारमा ढिलाई गरेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनले आक्रोश व्यक्त गरेको छ ।

सोमवार एशोसिएशनको ललितपुरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले सयौँ मानिसको ६ दिनसम्म उद्धार गर्न नसकेपछि दबाबमूलक अभियान शुरु गरिएको बताउनु भयो ।

अध्यक्ष बरालले भीषण बाढीपछि केही व्यक्तिको सकुशल उद्धार भएपनि केही अझै सुरुङभित्र जीवन–मरणको दोसाँधमा रहेको बताउनु भयो ।

उहाँले एशोसिएशनले शुरुदेखि नै सरकारका संयन्त्रहरुसँग सहकार्य गर्नै खोजेको भएपनि सरकार आफैंले सहकार्य नगरेको तथा निजी क्षेत्रका विशेषज्ञ तथा उपकरण पनि उपयोग नगरेको आरोप पनि लगाउनु भयो ।

उहाँले राज्यको सम्पूर्ण क्षमता परिचालन गर्नुका साथै आवश्यक परे बाहिरबाट जनशक्ति ल्याएर भएपनि सम्पर्कविहीनहरूको सकुशल उद्धार गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले बाढी आएको पहिलो दिनदेखि नै सरकारका सम्बन्धित निकायसँग समन्वय गर्दै आएको पनि बताउनु भयो । उहाँकाअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्रका जलविद्युत आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) लगायतका निकायलाई सम्पर्कविहीन व्यक्तिको उद्धारमा तत्काल पहल गर्न ध्यानाकर्षण गराइएको थियो । तर अपेक्षित गतिमा उद्धार हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘भीषण बाढीपछि हामीले साथीहरुको सकुशल उद्धार गर्ने क्रममा पछ्याइरहेको अवस्था भएको छ । केही साथीहरु उद्धार भएर सकुशल फर्किनुभएको छ ।

केही बेपत्ता भइरहनु भएको छ, सम्पर्कविहीन हुनुहुन्छ । र केही साथीहरु अझै पनि जीवन–मरणको दोसाधमा सुरुङ हुनुहुन्छ । उनीहरुको उद्धारको लागि सरकारलाई सहयोग गर्ने भनेर हामीले शुरुको दिनदेखि नै लागिरहेका छौँ ।

मैले व्यक्तिगत रुपमा पनि हाम्रो कार्यसमितिको तर्फबाट पनि सम्बन्धित निकाय एनडीआरआरएमए,भौतिक मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय लगायत सम्पूर्ण निकायलाई आयोजनाका एनइएका, विद्युत प्राधिकरणका आयोजना प्रमुखहरु, एमडी, प्राइभेट सेक्टरका आयोजनाका आयोजना प्रमुखहरु, इप्पानका अध्यक्ष लगायतलाई हाम्रा साथिहरु पर्नुभएको छ भनेर ध्यानाकर्षण पनि गराएँ ।

यसमा हामीलाई विश्वास थियो कि सरकारले काम गरिरहेको छ । यसमा हाम्रो सरकारसँग निरन्तर रुपमा समन्वय समेत भइरहेको थियो । तर आज परिणाम आइरहेको छैन । परिणाम आइरह नरहँदा हामीलाई अब एकदम डर पनि लागिरहेको छ, साथीहरु हामीले गुमाउनुपर्छ कि भन्ने पीडा पनि भइरहेको छ । उद्धारमा सरकार चुक्यो जस्तो लाग्छ । जुन गतिमा जति जुन रुपमा उद्धार हुनुपर्ने हो, त्यो रुपमा उद्धार हुन सकेको छैन । म यहीँमार्फत नेपाल सरकारसँग राज्यको पूर्ण क्षमता परिचालन गरेर वा बाहिरबाट जनशक्ति ल्याएर भएपनि साथिहरुको सकुशल उद्धार गर्ने कुरामा चाहीँ कुनैपनि कसुर बाँकी नराखियोस् भन्ने म जोडदार माग गर्न चाहन्छु । अब समय ढल्किसकेको छ ।

रसुवा बाढीमा विभिन्न जलविद्युत आयोजनाका सुरुङमा कार्यरत ९१० जना प्राविधिक तथा गैरप्राविधिक कर्मचारी सम्पर्कविहीन भएको एशोसिएशनले जनाएको छ ।

जसमध्ये १ सय ८८ जना इन्जिनियर रहेका छन् । सम्पर्कविहीन भएका इन्जिनियरहरुमा अपर त्रिसुलीमा ६० जना, लाङटाङमा २० जना रसुवागढी हाइड्रोमा २५ जना मेलुङमा ६ जना त्रिसुली ए मा ३० जना सम्पर्कविहीन भएको एसोसिएसनले जनाएको छ । –न्युज एजेन्सी नेपाल