२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरी भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराएका छन्।

सभापति लामिछानेले सोमबार राष्ट्रपति पौडेलसँग भेट गरी बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, जनधनको क्षति तथा उद्धार, राहत र पुनःस्थापनाका लागि भइरहेका सरकारी प्रयासबारे ब्रिफिङ गरेका हुन्।

लामिछानेले यसअघि सोमबार नै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्रीसँगको भेटमा सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे जानकारी लिएपछि उनले उक्त विषयमा राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

भेटमा बाढीबाट प्रभावित नागरिकको उद्धारलाई प्रभावकारी बनाउने, तत्काल राहत पुर्‍याउने तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःस्थापनाका लागि आवश्यक पहल गर्नुपर्ने विषयमा समेत छलफल भएको बताइएको छ।